मगर लेखक संघ गण्डकीको अध्यक्षमा आले
तनहुँ | असार ९, २०८२
तनहुँ: नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत निर्वाचित भएका छन् ।
तनहुँको भिमाद नगरपालिका–६, मालेबगरस्थित गणेश एकेडेमीमा शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट यसअघि उपाध्यक्ष रहेका आलेमगर अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा दीपक सिंजालीमगर, सचिवमा भोज विवश खण्डलुकमगर, सह–सचिवमा पुनम थापामगर र कोषाध्यक्षमा पूर्ण ठाडामगर सर्वसम्मत निर्वाचित भए ।
११ सदस्यीय प्रदेश समितिका सदस्यहरूमा लेखबहादुर आलेमगर (स्याङ्जा), थमनसिंह रानामगर (तनहुँ), रुयाशा थापामगर (बागलुङ), यामबहादुर थापामगर “दिनेश” (नवलपुर) निर्वाचित भएका छन् । बाँकी दुई सदस्य दिए ।
अधिवेशन सम्पन्न गर्नका लागि संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा नेपाल मगर संघ, गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर र गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

